बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकासंग नेकपा माओवादी केन्द्रले बजेट विवरण माग गरेको छ । माओवादी केन्द्रको डिलाशैनी गाउँपालिका कमिटिले आर्थिक बर्ष २०७४÷७५ देखिको बजेट विवरण माग गरेको हो ।
जनप्रतिनिधि आएपछि भएको विकास निर्माणको खर्च विवरण, सचिवालय खर्च, भ्रमण खर्च, खाजा खर्च, एनजिओ–आइएनजिओसंगको सम्झौता अनुसारको खर्च लगायतको विवरण माग गरिएको माओवादी केन्द्र डिलाशैनीका इन्चार्ज पार्वती नेगीले बताइन् ।
नेपालको संविधान २०७२ को धारा २७ र सूचनाको हक सम्बन्धि ऐन २०६४ अनुसार आफूहरुले पालिकासंग खर्च विवरण माग गरेको उनले बताइन् ।
यसअघि नेपाली कांग्रेसले पनि पालिकासंग खर्च विवरण माग गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८ १८:०३
प्रतिक्रिया दिनुहोस्