Sagun Khabar
बैतडीमा १ लाख ४० हजार बढी मतदाता, कुन पालिकामा कति ? 

बैतडी –आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । बैतडीमा १ लाख ४० हजार २०१ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी माधव फुँयालले बताए । 

सबैभन्दा बढी जिल्लाको दशरथचन्द नगरपालिकामा २१ हजार ७३२ मतदाता रहेका छन् । जसमा १० हजार ८६३ पुरुष र १० हजार ८६९ महिला मतदाता रहेका छन् । यस्तै सबैभन्दा कम शिवनाथ गाउँपालिकामा ९ हजार ८८१ मतदाता रहेका छन् । जसमध्ये ४ हजार ८४२ पुरुष, ५ हजार ३९ जना महिला र एकजना अन्य मतदाता रहेका छन् । 

Atrya hospital

यस्तै पुर्चौंडी नगरपालिकामा १० हजार ३९८ पुरुष र १० हजार ५५९ महिला गरी २० हजार ९५७, पाटन नगरपालिकामा ९ हजार ७७१ पुरुष र १० हजार ९३ गरी १९ हजार ८६४ मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ । 

यस्तै मेलौली नगरपालिकामा ६ हजार ६२७ पुरुष र ६ हजार ९५९ महिला गरेर १३ हजार ५८७ मतदाता रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा ६ हजार ७९९ पुरुष र ६ हजार ४५७ महिला गरेर १३ हजार २५६ मतदाता रहेका छन् । दोगडाकेदार गाउँपालिकामा ७ हजार ४३९ पुरुष र ७ हजार ३१२ महिला गरेर १४ हजार ७५१ मतदाता रहेका छन् । 

यसैगरी पञ्चेश्वर गाउँपालिकामा ५ हजार ३७६ पुरुष, ५ हजार ७३७ महिला र अन्य १ जना गरेर ११ हजार ११४ जना मतदाता रहेका छन् । सिगास गाउँपालिकामा ६ हजार ७५ पुरुष र ६ हजार ३० महिला गरेर १२ हजार १०५ मतदाता रहेका छन् । यस्तै सुर्नया गाउँपालिकामा ५ हजार ६९३ पुरुष र ५ हजार ६६६ महिला गरेर ११ हजार ३५९ मतदाता रहेका छन् ।   
 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update