Sagun Khabar
बैतडीमा १२९ मतदानस्थल, २ सय ५ मतदान केन्द्र कायम 
Atrya hospital

बैतडी –आगामी स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १२९ मतदानस्थल र २ सय ५ मतदान केन्द्र कायम भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिकामा २२ ओटा मतदानस्थल र २९ ओटा मतदान केन्द्र रहेका छन् । यस्तै पाटन नगरपालिकामा १९ मतदानस्थल र २८ मतदान केन्द्र कायम भएका छन् । पुर्चौंडी नगरपालिकामा १७ मतदानस्थल र २९ मतदान केन्द्र कायम भएका छन् । यस्तै मेलौली नगरपालिकामा १२ मतदानस्थल र २० मतदान केन्द्र राखिएका जिल्ला निर्वाचन अधिकारी माधव फुँयालले बताए ।

यस्तै डिलाशैनी गाउँपालिकामा ९ मतदानस्थल र १७ मतदान केन्द्र कायम भएका छन् भने दोगडाकेदार गाउँपालिकामा १२ मतदानस्थल र २० मतदान केन्द्र कायम भएका छन् । यसैगरी पञ्चेश्वर गाउँपालिकामा ९ मतदानस्थल र १५ मतदान केन्द्र कायम भएका छन् भने शिवनाथ गाउँपालिकामा ७ मतदानस्थल र १३ मतदान केन्द्र कायम गरिएका छन् । यसैगरी सिगास गाउँपालिकामा १४ मतदानस्थल र १९ मतदान केन्द्र कायम गरिएका छन् भने सुर्नया गाउँपालिकामा ८ मतदानस्थल र १५ मतदान केन्द्र कायम गरिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  ०१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update