बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको निर्णय कार्यान्वयन गरेको छैन् । गएको फागुन १३ गते गाउँपालिकालाई पत्र लेख्दै मन्त्रालयले वडा नं ७ को धामीगाउँबाट सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।
सोही निर्देशनको आधारमा जिल्ला प्रशासन कार्यालयले समेत डिलाशैनी गाउँपालिकालाई साविकको केन्द्रबाटै सेवा दिन पत्राचार गरेको थियो । तर गाउँपालिकाले अझै सम्म सो निर्णय कार्यान्वयन नगरेकाले मन्त्रालयले फेरी गाउँपालिकालाई पत्र पठाएको छ ।
मन्त्रालयले गाउँपालिकाको साविकको केन्द्र धामीगाउँबाटै यथाशीघ्र सेवा सञ्चालन गर्न पालिकालाई पत्र पठाएको हो । आइतबार पत्र पठाउँदै मन्त्रालयले निर्णय कार्यान्वयन गर्न भनेको छ ।
मन्त्रालयले गरेको निर्णय समेत गाउँपालिकाले नमान्दा स्थानीयहरुले सेवा लिन असहज भएको भन्दै डिलाशैनी गाउँपालिका वडा नं ७ का अध्यक्ष प्रेमसिंह धामी लगायतले मन्त्रालयमा निवेदन दिएका थिए ।