बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं २ बिनोडामा खोनोपानीको समस्या सामाधान भएको छ । उक्त ठाउँमा खानेपानी योजना निर्माण भएपछि खानेपानीका लागि भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको स्थानीय श्याम पन्तले बताए ।
बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)ले पूर्वाधार विकास कोष कार्यक्रमबाट ५० लाख बजेट विनियोजन गरेपछि खानेपानी समस्या समाधान भएको उनले बताए ।
बिनोडामा खानेपानी योजना निर्माण भएपछि ३३ घरधुरीका करिब २ सय नागरिकहरु लाभान्वित भएका छन् । गाउँमा खानेपानी पुगेपछि स्थानीयबासी खुसी भएका बिनोडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन ऐरले बताए । उनका अनुसार ३ टोलमा २६ धारा निर्माण गरिएका छन् ।
खानेपानीका लागि हाहाकार हुने गाउँमा धारा निर्माण भएपछि धेरै खुसीलागेको अर्का स्थानीय जगदीश ऐरले बताए ।
खानेपानी योजना सम्पन्न भएपछि सोमबार प्रदेश सांसद प्रेमप्रकाश भट्ट र माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले संयुक्त रुपमा उद्दघाटन गरेका थिए ।