Sagun Khabar
बैतडीमा संगठन विस्तार गर्दै नेविसंघ 
Atrya hospital

बैतडी –नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले संगठन विस्तार अभियान जारी राखेको छ । स्थानीय तहको निर्वाचन नजिक आएका बेला संगठन विस्तार अभियान सञ्चालन गरिएको नेविसंघ बैतडीका अध्यक्ष कपील केसीले बताए । 

जिल्लाका माविहरुमा नेविसंघको इकाइ समिति गठन गर्ने कार्य भईरहेको अध्यक्ष केसीले बताए । जिल्लाको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विद्यालयहरुमा संगठन विस्तार गरिसकिएको केसीले जानकारी दिए । 

यस्तै जिल्लाका अन्य स्थानीय तहहरुमा पनि नेविसंघको संगठन विस्तार अभियान सञ्चालन भईरहेको बताइएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन संगठनको महत्वपूर्ण भूमिका हुने भएकाले आफूहरु चुनाव केन्द्रित रणनीतिमा समेत लागेको अध्यक्ष केसीले बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  ०१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update