Sagun Khabar
घरदैलो अभियानमा राप्रपा बैतडी 

बैतडी –राष्ट्रिय प्रजातन्त्र पार्टीले बैतडीमा घरदैलो अभियान सञ्चालन गरेको छ । आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर घरदैलो अभियान सञ्चालन गरिएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

स्थानीय तहको निर्वाचन नजिक आएका बेला पार्टीको निती, सिद्धान्तका बारेमा जानकारी दिनका लागि अभियान सञ्चालन गरिएको भट्टले बताए । राप्रपा मात्रै राष्ट्रवादी शक्ति भएकाले आफूहरुले त्यसको बारेमा नागरिकलाई जानकारी गराउने गरेको उनले बताए । 

Atrya hospital

घरदैलो अभियानमा राप्रपाका पूर्व केन्द्रिय कोषाध्यक्ष गणेशबहादुर चन्द र पूर्व केन्द्रिय सदस्य अरुण चन्द बैतडी पुगेका छन् । उनीहरु पनि अभियानमा जुटेका अध्यक्ष भट्टले बताए । 

सुर्नया गाउँपालिकाबाट अभियान शुरु गरेको र अन्य पालिकाहरुमा समेत अभियान सञ्चालन गरिने राप्रपा बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  ०२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update