Sagun Khabar
कांग्रेसलाई एक्लै चुनाव लड्न एमाले बैतडीका सचिव कार्कीको चुनौती 

बैतडी – नेकपा एमाले बैतडीका सचिव एवं दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले एक्लै चुनावी मैदानमा उत्रन नेपाली कांग्रेसलाई चुनौती दिएका छन् । सगुन अनलाइन टीभीको चुनाव बिशेष कार्यक्रममा बोल्दै उनले कांग्रेस अहिले एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताए । उनले भने ‘कांग्रेस एक्लै चुनाव लड्न सक्ने अवस्था नभएर गठबन्धन गरिरहेको छ । त्यसैले हामीसंग सिंगल चुनाव लड्ने कसैको हैसियत छैन् ।’

यस्तै नेकपा एकीकृत समाजवादीलाई बैतडीमा एक वडा जितेर देखाउन उनले चुनौती दिए । आगामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेकपा एसले एकसिट पनि नजित्ने उनले दाबी गरे । 

Atrya hospital

यस्तै जिल्लामा एमालेभित्र कुनै गुट नरहेको सचिव कार्कीले बताए । उनले भने ‘अहिले हामी एकजुट छौं । हाम्रो कुनै गुट छैन् ।’

आगामी स्थानीय तहको निर्वाचनमा बैतडीमा एमाले ठूलो पार्टी बन्ने उनले दाबी गरे । एमाले १० ओटै स्थानीय तह र ८४ ओटै वडामा बलियो रहेको उनले बताए । 

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष समेत रहेका कार्कीले आफ्नो पाँच बर्षे कार्यकालमा कसैलाई विभेद नगरेको बताए । पालिकाका सबै निर्णय सर्वसम्मत तरीकाले अघि बढेका उनको भनाई छ । पालिकामा सबैलाई मिलाएर आफू अघि बढेको कार्कीले बताए । उनले भने ‘हामीले गाउँपालिकामा ५ बर्ष सम्म सर्वसम्मत निर्णय गरेर अगाडि बढेका छौं ।कसैलाई हामीले विभेद गरेका छैनौं ।’
 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  ०३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update