बैतडी –स्थानीय तहको निर्वाचन नजिक आएसंगै राजनीतिक दलहरुले उम्मेद्वार छनौट गर्न थालेका छन् । नेपाली कांग्रेसले अहिले पुर्चौंडी नगरपालिकाका विभिन्न वडाहरुमा सर्वसम्मत उम्मेद्वार छनौट गर्न थालेको छ ।
जिल्लाको पुर्चौंडी नगरपालिका वडा नं ८ मा वडा अध्यक्ष पदका लागि रमेश बोहरालाई उम्मेद्वार बनाउने निर्णय भएको छ । नेपाली कांग्रेसका वडा सभापति मीनबहादुर बमको अध्यक्षतमा बसेको बैठकले बोहरालाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
वडा अध्यक्षको उम्मेद्वार बनाउने निर्णयसंगै आफूहरु चुनावी मैदानमा होमिएको बोहराले बताए । घरघरमा गएर कांग्रेसका लागि भोट माग्न थालेको उनले बताए ।
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८ ०४:१५
प्रतिक्रिया दिनुहोस्