Sagun Khabar
जिल्ला अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुद्वारा पद्भार ग्रहण 

बैतडी –जिल्ला अस्पातल बैतडीको अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुले आज एक कार्यक्रमकाबीच पद्भार ग्रहण गरेका छन् । जिल्ला अस्पतालले आयोजना गरेको स्वागत तथा पद्भार ग्रहण कार्यक्रममा पदाधिकारीहरुले पद्भार ग्रहण गरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले बताए । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्ट लगायत अन्य सदस्यहरुले पद्भार ग्रहण गरेका हुन् । स्वागत तथा पद्भार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले निष्ठापूर्वक काम गर्ने बताइन् । उनले भनिन् ‘मेरो पहिलो कार्यकालमा कोरोना महामारी आयो । त्यो बेला पनि पीसीआर मेसिन, शववाहन लगायतको व्यवस्था गरेको छु ।’

Atrya hospital

यस्तै जिल्ला अस्पातलको नवनिर्मित भवन सम्बन्धित ठेकेदारले समयमै हस्तान्तरण गरेमा ५० शैइयाको अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति र भौतिक सामग्रीको व्यवस्थापन गर्ने उनले बताइन् । 

यस्तै जिल्ला अस्पातलभित्रै प्राविधिक शिक्षा पठनपाठन हुने खालको वातावरण आफूले सिर्जना भट्टले बताइन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update