बैतडी – बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । सिँचाई कुलो निर्माणका क्रममा दशरथचन्द नगरपालिका– ७ सुर्कालका ५२ वर्षीय लक्ष्मण बडुको बुधबार भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
प्रदेश सरकार अन्तर्गत सिँचाइ डिभिजन कार्यालय पाटनबाट उपभोक्ता समितिमार्फत सुर्कालमा कुलो निर्माणको काम भईरहेको थियो । उक्त कुलो निर्माणका क्रममा एक्कासी लडेका बडु २५० मिटर तल खसेका र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८ १७:३१
प्रतिक्रिया दिनुहोस्