काठमाण्डौं –गोरखापत्र संस्थानको महाप्रबन्धकमा लालबहादुर ऐरी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्रको महाप्रवन्धकमा ऐरीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि फागुन २७ गते आवेदन माग गरिएको थियो । आवेदन दिएका मध्ये १० जना छनौट भएका थिए । उनीहरु मध्ये डडेल्धुराका ऐरी महाप्रबन्धकमा नियुक्त भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८ २०:५३
प्रतिक्रिया दिनुहोस्