बैतडी –पश्चिम सेती बनाउन माग गर्दै सुदूरवासीका एक लाख चिठी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । पश्चिम सेती जलविद्युत आयोजना बनाउन दबाब दिँदै आएको बोलन्या थलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरवासीका एक लाख चिठ्ठी र २२ डोका बुझाएको हो ।
लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती निर्माणको कुनै सुरसार नभएकाले सरकारलाई दबाब दिन चिठी र डोका बुभलाइएको थलीका संयोजक यादव जोशीले बताए । ७ सय ५० मेगावाटको उक्त जलविद्युत परियोजना यथासक्य छिटो बनाउनु पर्ने आफूहरुको माग रहेको उनले बताए ।
पत्र बुझेपछि प्रधानमन्त्री देउवाले पश्चिम सेती निर्माणका लागि दबाब अभियानलाई धन्यवाद दिँदै आफ्नै पालामा परियोजना बनाउने प्रतिबद्धता जनाएका छन् ।
बोलन्या थली पश्चिम सेती बनाउन माग गर्दै सुदूरका बैतडी, बाजुरा, कञ्चनपुर, कैलाली, डोटी, अछाम, बझाङ, दार्चुला र डडेलधुराबाट एक लाख पत्र सङ्कलन गरेको थियो ।