Sagun Khabar
बैतडीको सुर्नयाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण गर्दै

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण गर्न थालेको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई काम गर्न अझै उत्साह मिलोस भनेर प्रोत्साहन भत्ता वितरण गर्न थालिएको गाउँपालिकाकी प्रवक्ता हेमा भट्टले बताइन् । 

गाउँपालिकाका ८ ओटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ४ हजार ५ सयका दरले प्रोत्साहन भत्ता वितरण गरिने उनले बताइन् । प्रत्येक वडामा पुगेर महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई भत्ता वितरण गरिने प्रवक्ता भट्टले बताइन् । 

Atrya hospital

आज सुर्नया गाउँपालिकाको  वडा नं १ र २ मा प्रोत्साहन भत्ता वितरण गरिएको र अन्य वडाहरुमा पनि क्रमशः वितरण गरिने भट्टले बताइन् । 

महिला  स्वास्थ्य स्वयंसेविकाहरुले बालबालिकालाइ भिटामिन खुवाउने ,खोप लगाउन प्रेरित गर्ने,  गर्भवती महिलालाई  आइरन चक्की दिने लगायतका  आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दैै आएका छन् । 
 

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  ०३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update