Sagun Khabar
बैतडीमा डेढ लाख बढी नागरिकले कोरोना विरुद्धको पूर्ण खोप पाए 

बैतडी –बैतडीमा डेढ लाख बढी नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्लामा १२ बर्ष माथिका १ लाख ५६ हजार ४ सय ८८ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा १ लाख ६८ हजार ७ सय ५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने १२ हजार ९ सय ३८ जनाले खोपको अतिरिक्त मात्रा लगाएका स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जनाकारी दिए । 

जिल्लाको दशरथचन्द नगरपालिकामा २४ हजार ३९९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २६ हजार ७५६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै नगरपालिकाका १ सय ५३ जनाले बुस्टर डोज लगाएका छन् । यसैगरी पाटन नगरपालिकामा २० हजार १४८ जनाले खोप पहिलो मात्रा, २७ हजार २०३ जनाले पूर्ण मात्रा र ५ हजार ३५८ जनाले बुस्टर डोज लगाएका छन् । यसैगरी पुर्चौंडी नगरपालिकामा २१ हजार ३४० जनाले खोपको पहिलो मात्रा, १८ हजार ४६९ जनाले खोपको पूर्ण मात्रा र ५ सय ९६ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् । यस्तै मेलौली नगरपालिकामा १३ हजार ९०९ जनाले खोपको पहिलो मात्रा, ११ हजार ७५६ जनाले खोपको पूर्ण मात्रा र ९६२ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् । 

Atrya hospital

यसैगरी डिलाशैनी गाउँपालिकामा १९ हजार ६८५ जनाले खोपको पहिलो मात्रा, ११ हजार ८०४ जनाले खोपको पूर्ण मात्रा र २ हजार ७२३ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा २३ हजार १९५ जनाले खोपको पहिलो मात्रा, १५ हजार ९४२ जनाले खोपको दोश्रो मात्रा र ५४० जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् । 

यस्तै सुर्नया गाउँपालिकामा १० हजार १६४ जनाले खोपको पहिलो मात्रा, १० हजार ४९९ जनाले खोपको पूर्ण मात्रा र २ हजार १३३ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् । पञ्चेश्वर गाउँपालिकामा १८ हजार ८२३ जनाले खोपको पहिलो मात्रा, १३ हजार १७६ जनाले खोपको पूर्ण मात्रा र २ सय १९ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् । यसैगरी शिवनाथ गाउँपालिकामा ७ हजार ७१० जनाले खोपको पहिले मात्रा, ९ हजार ६१४ जनाले खोपको पूर्ण मात्रा र २५४ जनाले खोपको अतिरिक्त मात्रा लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । 

यसैगरी सिगास गाउँपालिकामा ९ हजार ३३२ जनाले खोपको पहिलो मात्रा र ११ हजार ७१९ जनाले खोपको पूर्ण मात्रा लगाएका श्रोत व्यक्ति सुवेदीले बताए । 

अहिले जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेको छ भने झुलाघाट नाकामा कोरोना परीक्षण कार्य जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update