कैलाली –कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।
कैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको शनिबार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित भएका ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए ।
डाक्टरको लापरवाहीका कारण मत्यु भएको भन्दै आक्रोशित आफन्तले अस्पतालमा ढुंगामुडा प्रहार गरेको प्रहरीले जनाएको छ ।
आक्रोशित भिडलाई तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको छ ।
प्रकाशित मिति: शनिबार, चैत १९, २०७८ १८:५१
प्रतिक्रिया दिनुहोस्