Sagun Khabar
माओवादी केन्द्रले बैतडीका १० ओटै स्थानीय तहमा जनप्रशिक्षण सम्पन्न गर्यो 
Atrya hospital

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको माओवादी केन्द्रले बैतडीका १० ओटै स्थानीय तहमा जनप्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यही चैत ७ गतेबाट शुरु गरिएको अभियान पालिकास्तरमा सम्पन्न भएको नेकपा माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज विक्रम कुँवर (प्रतीक)ले बताए । 

जिल्लाका १० ओटै स्थानीय तहमा जनप्रशिक्षण र अगुवा कार्यकर्ता भेला सम्पन्न गरिएको माओवादी केन्द्रले जनाएको छ । पालिकास्तरीय प्रशिक्षण सकिएपछि अब वडा र टोलमा तहमा प्रशिक्षण र संगठन विस्तार अभियान सञ्चालन हुने सह–इन्चार्ज कुँवरले बताए । 

आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर गाउँगाउँमा अभियान केन्द्रित गर्ने, गाउँटोलमा सेल कमिटिहरु गठन गर्ने, मतदाता शिक्षा दिने लगायतका कार्यक्रम सञ्चालन गरिने माओवादी केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update