Sagun Khabar
बैतडीको पुर्चौंडीमा कांग्रेसबाट चारजना उपमेयर पदमा आकांक्षी 

बैतडी –स्थानीय तहको निर्वाचन नजिक आएपछि अहिले राजनीतिक दलहरु उम्मेद्वारको छनौट गर्न थालेका छन् । नेपाली कांग्रेसले केही वडामा सर्वसम्मत उम्मेद्वार छनौट गरेको छ भने पुर्चौंडी नगरपालिकामा दीपकबहादुर बमलाई मेयर पदको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । 

पुर्चौंडी उपमेयर पदका लागि भने चार जना आकांक्षी देखिएका छन् । करिश्मा भुल सार्की, पुनम पाल बम, मीना धानुक र बाग्मती ऐरले उपमेयर पदका लागि आकांक्षा राखेको मेयर पदका उम्मेद्वार एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपकबहादुर बमले बताए । 

Atrya hospital

उपमेयर पदका लागि आकांक्षा राखेका चारैजनाबीच छलफल गरेर सहमतिको प्रयास गरिने बमले बताए । यही चैत २२ गतेभित्र सकेसम्म सहमतिमै उपमेयरको पदको उम्मेद्वार पनि टुंगो लगाउने नेपाली कांग्रेस पुर्चौंडी नगरकार्य समितिले जनाएको छ । 

सत्तागठबन्धन दलहरुले स्थानीय तहको चुनावमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेपनि कांग्रेसले पुर्चौंडी चुनावी तालमेल नगर्ने बताएको छ । पुर्चौंडी नेपाली कांग्रेस एक्लै चुनाव लड्ने बमले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  ००:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update