बैतडी –सेती अस्पतालमा उपचाररात बैतडीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार बिहानै इमरजेन्सीमा भर्ना भएका बैतडीको दशरथचन्द नगरपालिका ४ का २६ बर्षीय युवकको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
ती युवकमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सेती अस्पतालमा उनको उपचारकै क्रममा दिउँसो १२ बजेर १४ मिनेटमा मृत्यु भएको हो ।
यो संगै कोरोनाको दोश्रो लहर फैलिएपछि बैतडीका ८ जनाको ज्यान गईसकेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८ १८:४५
प्रतिक्रिया दिनुहोस्