बैतडी –नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बैतडीको सुर्नया गाउँपालिकामा संगठन विस्तार अभियान थालेको छ । स्थानीय तहको चुनावलाई लक्षित गरेर गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरुमा इकाई समिति गठन गर्ने कार्य भईरहेको नेविसंघ बैतडीका सदस्य तेजराज भट्टले बताए ।
आइतबार सुर्नया गाउँपालिका २ स्थित नेपाल राष्ट्रिय मावि सिउडे र वासुदेव मावि लिस्किटामा समिति गठन गरिएको छ ।
नेपाल राष्ट्रिय माविमा भुवन बिष्टको अध्यक्षतामा ४१ सदस्यीय र वासुदेव माविमा बर्षा चन्दको अध्यक्षतामा ६१ सदस्यीय इकाइ समिति गठन गरिएको भट्टले बताए । पालिकाका अन्य विद्यालयहरुमा पनि समिति गठन गरिने बताइएको छ । समिति गठन गर्ने क्रममा नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीको समेत सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८ ०३:४८
प्रतिक्रिया दिनुहोस्