Sagun Khabar
बैतडीमा निशुल्क आँखा उपचार तथा अप्रेशन शिविर सञ्चालन हुने 
Atrya hospital

बैतडी –बैतडीमा निशुल्क आँखा उपचार तथा अप्रेशन शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजना र गेटा आँखा अस्पताल धनगढीको प्राविधिक सहयोगमा शिविर सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवन जोशीले बताए । 

चैत २९ र ३० गते जिल्ला अस्पताल, वैशाख २ र ३ गते केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली र वैशाख ५ र ६ गते आँखा उपचार केन्द्र पाटनमा शिविर बस्ने जनस्वास्थ्य निरीक्षक जोशीले बताए । 

शिविरमा निशुल्क आँखाको उपचारका साथै मोतीविन्दुको शल्यक्रिया गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । आँखामा समस्या भएका नागरिकले शिविरमा आएर सेवा लिन समेत आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update