बैतडी –नेपाली काँग्रेस बैतडीले सुर्नया गाउँपालिका वडा नं ६ मा जय बहादुर कुँवरलाइ वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ । वडा कार्यसमितिको बैठकले जयबहादुर कुँवरलाइ नै फेरी वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय सर्वसम्मत पारित गरेको हो ।
गएको स्थानीय तहको निर्वाचनमा पनि उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । वडा कार्यसमितिको बैठकले आफुलाइ नै सर्वसम्मत वडाध्यक्षको उम्मेद्वार चयन गरेको वडाध्यक्ष कुँवरले बताए ।
यस्तै खुल्ला सदस्यमा देवबहादुर चन्द र देवदत्त अवस्थी, महिला सदस्य निर्मला अवस्थी र दलित महिला सदस्यमा जशु लुहारलाई उम्मेद्वार बनाउने निर्णय भएको उनले बताए ।
स्थानीय तहको निर्वाचन नजिक आएका बेला राजनीतिक दलहरुले उम्मेद्वार छनौट गर्ने कार्यलाई तीव्रता दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८ ०३:४५
प्रतिक्रिया दिनुहोस्