Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुँदा स्थानीय खुसी 

बैतडी –जिल्ला अस्पताल बैतडीमा निशुल्क शल्यक्रिया शिविर सञ्चालन भईरहेको छ । नेपाल अर्थोपेडिक हस्पिटल, जोरपाटी, काठमाण्डौं, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा यही चैत १८ गतेदेखि शिविर सञ्चालन भईरहेको हो । शिविरमा हाडजोर्नी सम्बन्धि समस्या भएका नागरिकको शल्यक्रिया र उपचार भईरहेको नेपाल अर्थोपेडिक हस्पिटलका बरिष्ठ प्रशासकीय अधिकृत धिरज मैनालीले बताए । उनले भने ‘हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक बर्ष विभिन्न दुर्गम जिल्लाहरुमा शिविर सञ्चालन गर्दै आएका छौं । बैतडीमा पनि हाडजोर्नी सम्बन्धि धेरै बिरामीहरु रहेछन् । शिविरमा उनीहरुले सेवा लिईरहेका छन् ।’

जिल्ला अस्पतालमै निशुल्क शल्यक्रिया शिविर सञ्चालन भएपछि स्थानीयबासीहरु पनि खुसी भएका छन् । आफ्नो रोगका घर नजिकै अस्पतालमा बिशेषज्ञ चिकित्सकहरुबाट उपचार पाउँदा खुसी लागेको स्थानीय बिष्ना ओडले बताइन् । उनले भनिन् ‘घर नजिकैको अस्पतालमा बिशेषज्ञ चिकित्सकद्वारा उपचार गर्न पाउँदा खुसी भएका छौं । आर्थिक अभावमा उपचार गराउन नपाएकाहरुलाई धेरै सजिलो भएको छ ।’

Atrya hospital

अस्पतालमै शिविर सञ्चालन हुँदा धेरै खुसी लागेका अर्का स्थानीय मनोजराम तिरुवाले बताए । आर्थिक अभावमा टाढाका अस्पताल जान नसकेका बेला जिल्लामा सञ्चालन भएको शिविरले धेरैलाई फाइदा पुर्याएको उनले बताए । 

बुधबार सम्म सञ्चालन हुने शिविरमा अहिले सम्म एक हजार बढी नागरिकले सेवा लिईसकेका छन् भने धेरैको शल्यक्रिया समेत गरिएको छ । जिल्ला अस्पतालमै शिविर सञ्चालन हुँदा स्थानीय नागरिकलाई उपचारका लागि सहज भएको जिल्ला अस्पतालका व्यवस्थापक सुमन महराले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update