बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले पुर्चौंडीका दुई वडा बाहेक ८ वडामा उम्मेद्वारको टुंगो लगाएको छ । वडा नं २ र ९ बाहेकका सबै वडामा सर्वसम्मत उम्मेद्वार छनौट गरेको नेपाली कांग्रेस पुर्चौंडीका नगरसभापति गणेशबहादुर गडालले बताए । बाँकी रहेका दुई वडामा पनि एक दुईदिनभित्रै उम्मेद्वारको टुंगो लाग्ने उनले बताए ।
वडा नं १ मा गणेशबहादुर गडाल, वडा नं.३ मा रिकेश बोहरा, वडा नं ४ मा परमानन्द भट्ट, वडा नं ५ कर्णबहादुर बोहरा, वडा नं ६ मा नरेन्द्र साउँद, वडा नं ७ मा धिरेन्द्र बम, वडा नं ८ मा रमेश बोहरा र वडा नं १० मा हिक्मत बिष्टलाई उम्मेद्वार बनाउने निर्णय भएको उनले बताए ।
यस्तै मेयरमा दीपकबहादुर बमलाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको कांग्रेसले उपमेयरको उम्मेद्वार भने टुंगो लगाउन सकेको छैन् । उपमेयरमा चारजना आकांक्षी देखिएपछि उपमेयरको उम्मेद्वार टुंगो लगाउन बाँकी रहेको सभापति गडालले बताए ।
सत्तागठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेको भएपनि पुर्चौंडीको हकमा भने चुनावी तालमेल नहुने सभापति गडालले बताए ।