Sagun Khabar
बैतडीको एक विद्यालयमा छात्रा बेहोस हुन थालेपछि पठनपाठन प्रभावित 

बैतडी – बैतडीको एक विद्यालयमा छात्राहरु बेहोस हुन थालेपछि पठनपाठन कार्य प्रभावित भएको छ । जिल्लाको  पञ्चेश्वर गाउँपालिका ४ स्थित रायपुर आधारभुत विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएको हो । 

कक्षा ३, ४, ५, ६ र ७ मा पढ्ने ७ जना छात्राहरुमा करिब छ महिना देखि टाउको दुख्ने, एक्कासी बेहोस हुने, बर्बराउने, रिङ्गटा लाग्ने लगायतका लक्षण देखिएपछि पढाइ प्रभावित भएको विद्यालयका प्रधानाध्यापक भरतबहादुर चन्दले बताए । 

Atrya hospital

छात्राहरुमा बेहोस हुने समस्या देखिएपछि उनीहरुको स्वास्थ्य जाँच गराउँदा समेत निको नभएको प्रधानाध्यापक चन्दले बताए । यसका साथै नजिकको मन्दिरमा पनि पूजापाठ गरिएको प्रधानाध्यापक चन्दले बताए । उनले भने ‘हामीले छात्राहरुमा बेहोस हुने समस्या देखिएपछि स्वास्थ्य चेकजाँचका साथै पूजापाठ पनि गर्यौं । तर पनि उनीहरुमा देखिएको समस्या समाधान भएको छैन् ।’

विद्यालयमा छात्राहरुमा त्यो समस्या देखिएपनि उनीहरु घर फर्केपछि भने सो समस्या नदेखिने गरेको प्रधानाध्यापक चन्दले बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ०१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update