Sagun Khabar
दार्चुलामा सीमा प्रशासन कार्यालयको सेवा शुरु
Atrya hospital

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित सीमा प्रशासन कार्यालयको सेवा दार्चुला सदरमुकाम खलंगास्थित तिङ्करखेडाबाट सुरु गरिएको छ । व्यास क्षेत्रका जनतालाई सेवा दिने उद्धेश्यले २०३४ सालमा स्थापना गरिएको सीमा प्रशासन कार्यालय स्थापना भएको थियो । कार्यालयले कर्मचारीको अभावमा जिल्ला प्रशासन कार्यालयबाटै सेवा दिईरहेको थियो । 

व्याँसी सौँका समुदायले कुञ्चा सरेपछि बैशाखदेखि छाङरुस्थित कार्यालयबाटै समेत सेवा दिने गरेर अहिले खलंगाबाटै सीमा प्रशासन कार्यालयको काम भइरहेको कार्यालय प्रमुख एवं शाखा अधिकृत मोहनसिंह धामीले जानकारी दिए । 

सीमा प्रशासन कार्यालयले वैशाखदेखि छाङरुबाटै सेवा दिनेभएपछि स्थानीयहरु खुसी भएका छन् ।  
 

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ०२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update