बैतडी –आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बैतडीमा नेपाली कांग्रेसले उम्मेद्वार छनौट गर्न थालेको छ । कांग्रेसका तर्फबाट दशरथचन्द नगरपालिकाको मेयर पदका लागि ११ जना आकांक्षी देखिएका छन् । यस्तै उपमेयर पदका लागि ६ जनाले आकांक्षा देखाएका नेपाली दशरथचन्द नगरकार्य समितिका सभापति भुवनराज भट्टले बताए ।
मेयर पदका लागि वर्तमान उपप्रमुख मीना चन्दले आकांक्षा देखाएका छन् भने नगरसभापति भुवनराज भट्टले पनि आकांक्षा देखाएका छन् । यस्तै वडा नं ६ का वडा अध्यक्ष गजेन्द्रसिंह रावल, वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहरा, जिल्ला समन्वय समितिका सदस्य रमेश बोहराले पनि मेयर पदका लागि आकांक्षा देखाएका छन् ।
यसैगरी पार्टीका पूर्व जिल्ला सचिव पूर्णानन्द लेखक र पुरनचन्द्र लेखक,नन्दराज भट्ट, जनक भट्ट र टेकराज जोशीले पनि मेयर पदका लागि आकांक्षा देखाएका छन् ।
यस्तै लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति गोविन्दराज जोशीले पनि कांग्रेसका तर्फबाट मेयर पदमा आकांक्षा देखाएका छन् ।
यस्तै उपमेयर पदका लागि कौशिला चन्द, देवु ठगुन्ना, तुलसी ठगुन्ना, माया बोहरा, प्रेरणा शाही थापा र कमला बोहरा आकांक्षी देखिएका नगरसभापति भट्टले बताए । नगरकार्य समितिको आज बसेको बैठकमा आकांक्षीहरुले आफ्नो दाबी पेश गरेका हुन् ।
मेयर र उपमेयर पदका लागि आकांक्षीहरु धेरै भएपनि सहमतिमै उम्मेद्वार छनौट गर्ने सभापति भट्टले बताए ।