Sagun Khabar
बैतडीमा एमालेले वडाका उम्मेद्वारको टुंगो लगाउँदै 

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि बैतडीमा नेकपा एमालेले उम्मेद्वारको टुंगो लगाउन थालेको छ । मंगलबार अधिकांश वडा कमिटिको बैठकले सर्वसम्मत उम्मेद्वार छनौट गरेको एमालेका जिल्ला उपसचिव लोकेन्द्र भण्डारीले बताए । 

जिल्लाका ८४ वडा मध्ये ४५ जतिमा सर्वसम्मत उम्मेद्वार छनौट भईसकेका उनले बताए । बिहीबार सम्ममा सबै वडामा सर्वसम्मत उम्मेद्वार टुंगो लाग्ने उनले बताए । 

Atrya hospital

सहमति नभएका वडामा पालिका कमिटिको बैठकमा ल्याएर सहमति गरिने र त्यहाँ सम्भव नभए जिल्ला कमिटिले टुंगो लगाउने एमाले बैतडीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए । सके सम्म सहमतिमै उम्मेद्वारको टुंगो लगाउने प्रयास गरिने उनले बताए । 

गाउँपालिका तथा नगरपालिकाका उम्मेद्वारको हकमा बिहीबारदेखि छलफल थाल्ने एमालेले जनाएको छ । त्यसपछि मात्रै आकांक्षीहरुको बारेमा थाहा हुने उपसचिव भण्डारीले दाबी गरे । सबै ठाउँमा सर्वसम्मत उम्मेद्वार चयन गरिने उनले बताए । 

यसैबीच पाटन नगरपालिकाका १० वडा मध्ये तीनओटा वडामा एमालेले अध्यक्षका उम्मेद्वार सर्वसम्मत चयन गरेको छ । वडा नं ३ मा करुणाकर भट्ट, वडा नं ५ मा ललितसिंह ठगुन्ना र वडा नं ७ मा ललितबहादुर चन्दलाई उम्मेद्वार चयन गरेको हो । अन्य वडामा सहमतिको प्रयास भईरहेको एमालेले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update