Sagun Khabar
बैतडीको सिगासमा कांग्रेसद्वारा उम्मेद्वारको नाम सिफारिश, कांग्रेसभित्रै विरोध 

बैतडी – आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बैतडीको सिगासमा उम्मेद्वारको नाम सिफारिश गरेको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेद्वारको नाम गाउँकार्यसमितिले सिफारिश गरेको नेपाली कांग्रेस सिगास गाउँकार्य समितिका सभापति कर्णबहादुर ऐरले बताए । आज बसेको कार्यसमितिको बैठकले उम्मेद्वारको नाम सिफारिश गरेको उनले बताए । 

बहुमतको आधारमा विधान बमोजीम उम्मेद्वारको नाम सिफारिश गरेको सभापति ऐरले दाबी गरे । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष हरिसिंह धामी, मानमती धामी र धनबहादुर साउँदको नाम सिफारिश गरिएको छ । 

Atrya hospital

यस्तै उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष द्रोपती चन्द, सुमित्रा ऐर र गांगासिंह बोहराको नाम सिफारिश गरिएको सभापति ऐरले बताए । गाउँपालिका कार्यसमितिले प्रदेश क्षेत्रीय कार्यसमितिमा नाम सिफारिश गर्ने र सो समितिले आफ्नो राय सहित जिल्ला कार्य समितिमा नाम सिफारिश गर्ने बताइएको छ । 

यसैबीच कांग्रेसले उम्मेद्वारको नाम सिफारिश गर्दा विधान विपरीत एकलौटी ढंगले गरेको भन्दै कांग्रेसभित्रै विरोध भएको छ । उम्मेद्वारको नाम सिफारिश विधान विपरीत भएकाले आफूहरुलाई मान्य नहुने महाधिवेशन प्रतिनिधि लक्ष्मी शाह चन्दले बताइन् । 
 

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update