बैतडी-नेपाल सरकारको भूमी सम्बन्धि समस्या समाधान आयोग बैतडी अध्यक्ष धनबहादुर ऐर (कपिल) ले पदभार ग्रहण गरेका छन् । भूमी समस्या समाधान आयोजकको जिल्ला कार्यालय बैतडीमा बुधबार उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण कार्यक्रममा बैतडीका सहायक प्रमुख जिल्लाअधिकारी खगेन्द्र भारती लगयात जिल्ला भित्र रहेका कार्यलहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पदभार ग्रहण गर्दै अध्यक्ष ऐरले भूमीहिन सुकुम्बासीका समस्या समाधान गर्ने बताए । आयोगले सुकुम्बासीहरुको तथ्यांक संकलन गरेर उनीहरुको समस्या समाधानका लागि काम गर्ने अध्यक्ष ऐरले बताए । आफुलाइ नेपाल सरकारले महत्वपूर्ण अभिभारा प्रदान गरेको भन्दै उनले दलित भूमीहिन नागरिकहरुका समस्या समाधान गरेर लालपूर्जा वितरण गर्ने प्रतिवद्धता गरे ।
भूमीहिनहरुको हकअधिकारका लागि पक्ष विपक्ष नभनि निष्पक्षरुपमा काम गर्ने प्रण गर्दै उहाँले यहाँका भूमीहिनका समस्या समाधान गर्न सबैको साथ सहयोगको पनि अपेक्षा राखेको बताए । यहि चैत्र ४ गते बसेको मन्त्रीपरिषद बैठकले ऐरलाई आयोगको बैतडी जिल्ला अध्यक्षमा चयन गरेको थियो । यसअघि एमालेको सरकार भएको बेला भूमी सम्बन्धि समस्या समाधान आयोगको अध्यक्ष नरेश विक थिए । अहिलेका अध्यक्ष ऐर माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशकमिटि सदस्य हुन् ।