बैतडी –नेकपा एमालेले बैतडीको मेलौली नगरपालिका वडा नं ५ को वडा अध्यक्ष पदमा फेरी बलभद्र दयाललाई उम्मेद्वार बनाउने भएको छ । वडा कमिटिको बैठकले वडा अध्यक्ष पदमा दयाललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
दयाल एमालेका जिल्ला कमिटि सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका जिल्ला इन्चार्ज पनि हुन् । गएको स्थानीय तहको निर्वाचनमा पनि दयाल एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै सदस्यहरुमा केशवदत्त जोशी र बहादुरसिंह साउँदलाई उम्मेद्वार बनाउने निर्णय भएको छ भने महिला सदस्यमा चन्द्रा पुजारा र दलित महिला सदस्यमा कमला सार्कीलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८ १८:३९
प्रतिक्रिया दिनुहोस्