बैतडी –नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर)ले एमालेको पत्तासाप गर्ने बताएका छन् । सगुन अनलाइन टिभीको चुनाव बिशेष कार्यक्रममा बोल्दै उनले एमाले परिवर्तनका विपक्षमा उभिएकाले उसको पत्तासाप आवश्यक रहेको बताए ।
देश अहिले माओवादीको एजेण्डामा चलिरहेको बताउँदै इन्चार्ज कुँवरले नेतृत्वको भूमिकामा पनि माओवादीलाई ल्याउनुपर्ने बताए । उनले भने ‘हामीले बोकेको एजेण्डामा देश चलिरहेको छ तर हाम्रो नेतृत्व नहुँदा परिवर्तन संस्थागत हुन सकेको छैन् । त्यसैले हामीलाई नेतृत्व दिन सकेका छैनौं ।’
आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका १० ओटै स्थानीय तहमा माओवादीको कुनै न कुनै रुपमा प्रतिनिधित्व हुने गरेर अघि बढीरहेको इन्चार्ज कुँवरले बताए । परिवर्तनहरुलाई संस्थागत गर्न पनि माओवादी प्रतिनिधित्व आवश्यक रहेको उनले बताए । उनले भने ‘हामी गठबन्धन भएरै चुनावमा जान्छौं । एमालेलाई मत दियो भने जनताले धोका खान्छन् ।’