बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकालाई पालिकाको केन्द्र धामीगाउँबाटै सेवा प्रवाह गनै आग्रह गरिएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गाउँपालिकालाई साविकको केन्द्रबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएकाले सो निर्णय कार्यान्वयन गर्न गाउँपालिकालाई आग्रह गरिएको हो ।
डिलाशैनी गाउँपालिकाको वडा नं ३ पङसेराबाट अहिले सेवा प्रवाह भईरहेको छ । मन्त्रालयले सम्पर्क कार्यालयबाट नभएर केन्द्र तोकिएकै ठाउँबाट सेवा प्रवाह गर्न दुई पटक पत्राचार गरिसकेको भएपनि सो निर्णय कार्यान्वयन भएको छैन् ।
जिल्ला प्रशासन कार्यालयले फेरी पत्र लेखेर मन्त्रालयको निर्णय कार्यान्वयन आग्रह गरेको छ । तर गाउँपालिकाले भने उक्त निर्णय कार्यान्वयनमा चासो देखाएको छैन् ।
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८ १७:२४
प्रतिक्रिया दिनुहोस्