Sagun Khabar
एमाले डिलाशैनीमा बबाल : जोशीलाई रोक्न पाल पक्षले माइन्युट गायब गरे 

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार छनौट गर्न बसेको एमाले डिलाशैनीको बैठकमा माइन्युट नै गायब गरिएपछि हंगामा भएको छ । एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पाल समूहले सन्तोषप्रकाश जोशीको पक्षमा माओल देखेपछि माइन्युट गायब गरेको आरोप लागेको छ । 

पार्टी कार्यालय पङसेरामा बिहीबार छलफल भईरहेका बेला एक्कासी पाल पक्षले माइन्युट गायब गरेको जोशीले बताए । आगामी स्थानीय तहको निर्वाचनका लागि जोशीलाई अध्यक्षको टिकट दिनुपर्ने आवाज उठेको थियो । जोशीको पक्षमा माओल देखिएपछि बैठक कक्षबाटै माइन्युट लगेको बताइएको छ । 

Atrya hospital

माइन्युट लगेपछि जोशीको नाम हटाएर अध्यक्ष पदका लागि तीनजनाको नाम सिफारिश गरेको श्रोतले जनाएको छ । वर्तमान अध्यक्ष उकेन्द्र बोहरा, गाउँपालिकाका प्रवक्ता अक्कल राना र प्रेमराज भट्टको नाम सिफारिश गरिएको छ । 
पार्टीको बैठकबाटै माइन्युट लगेर आफूखुसी उम्मेद्वारको नाम सिफारिश गरेपछि जोशीले भने जनतामा जाने निर्णय भएको बताए । उनले भने ‘आम जनता र कार्यकर्ताको भावना अनुसार मैले अध्यक्ष पदको उम्मेद्वारी दाबी गरेको हुँ । जनताको भावना अनुसार जनतामा जाने तयारी गरेको छु ’

माइन्युट नै बैठकबाट थुतेर लगेपछि आफू निर्मम निर्णय गर्ने सोचमा पुगेको समेत जोशीले बताए । पार्टीका नेता र कार्यकर्ताहरुसंग यो बिषयमा छलफल हुने उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update