Sagun Khabar
शिवनाथ जिप दुर्घटना प्रकरण : अधिकृत पन्तले मापसे गरेर जिप चलाएको खुलासा 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका ६ छेलामा गाउँपालिकाका अधिकृत टंक पन्तले मापसे गरेर जबरजस्ती जिप चलाउँदा दुर्घटना भएको खुलेको छ । गाउँपालिकामा कार्यरत पन्तले रोकीराखेको जिप जबरजस्ती चलाउन खोज्दा दुर्घटना भएको चालक विरेन्द्र महताले बताए । उनले भने ‘मैले सुल्लेखान नजिकै गाडी पार्किङमा राखेको थिए । पन्त सरले मलाई अर्को ठाउँमा पुर्याइदिनु भने, मैले हुन्छ भने, गाडी ओट निकाल्ने बेला उनी जिपमा चढेर आँफै न्युटल जिप चलाउन थाले । त्यसपछि जबरजस्ती चाबी थुतेर लगेका हुन् ।’

अधिकृत पन्तले मापसे गरेर गाडी न्युटलमा राखेर ओरोलामा गुडाएको र त्यसपछि चाबी थुतेर चलाएको चालक महताको दाबी छ । उनकै कारण जिप दुर्घटनामा परेको महताले बताए । बिहीबार रोकीराखेको जिप अधिकृत पन्तले जबरजस्ती चलाएको महताले बताए । 

Atrya hospital

जिप सडकबाट एकसय मिटर तल खस्दा जिपमा सवार शिवनाथ गाउँपालिका १ की ६५ बर्षीय गोबडीदेवी साउँद घाइते भएकी छिन् । उनको डडेल्धुरामा उपचार भईरहेको छ । 

जबरजस्ती गाउँपालिकाका अधिकृत पन्तले जिप चलाउँदा दुर्घटना भएको भन्दै जिप चालक विरेन्द्र महताले सुल्लेखान प्रहरीचौकीमा निवेदन समेत दिएका छन् । पन्तले मापसे गरेको मेडिकल रिपोट समेत बनिसकेको उनले बताएका छन् । 

यो बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाले पन्त अहिले प्रहरीको नियन्त्रणमा रहेका र उनले मापसे गरेर जिप चलाएको खुल्न आएको बताए । घटनाका बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update