बैतडी – नेपाल सरकारको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका सदस्यहरुले शपथ लिएका छन् । राष्ट्रिय भूमी आयोग जिल्ला समितिको कार्यालय बैतडीमा सदस्यहरुले शपथ ग्रहण गरेका हुन् । सदस्यहरुलाई राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर (कपील)ले शपथ ग्रहण गराए ।
आयोगका विज्ञ सदस्य हरिश बिष्ट, सदस्य धनबहादुर बोहरा र पार्वती बमले शपथ लिएका हुन् । बुधबार पदभार ग्रहण गरेका अध्यक्ष ऐरले शुक्रबार सदस्यहरुलाई शपथ खुवाएका हुन । सदस्यहरुले शपथ ग्रहण गरेसंगै समितिले पूर्णता पाएको अध्यक्ष ऐरले बताए ।
अब आयोगले विगतका आयोगहरुले गरेको कामको बारेमा अध्ययन गर्ने, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या पहिचान गर्ने लगायतका कामहरु गर्नेछ । यस्तै स्थानीय तहहरुसंग भूमी सम्बन्धि समस्या समाधानका लागि सम्झौता गरेर तथ्यांक संकलनको कामलाई अघि बढाइने ऐरले बताए ।