बैतडी- बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीले क्याम्पसका मूल शिक्षण भवन निर्माताको सपरिवारलाइ सम्मान गरेको छ । शुक्रबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरेर रानादेव भवन नामक मूल शिक्षण भवनका निर्माता दान बहादुर चन्दको सपरिवारलाइ क्याम्पस परिवारले सम्मान गरेको हो ।
२०५२ सालमा क्याम्पसको रानादेव भवन नामक मूल शिक्षण भवनका निर्माता दान बहादुर चन्दको सपरिवारलाइ मायाको चिनो सहित दोसल्ला ओडाएर सम्मान गरेको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्बी राज अवस्थीले जानकारी दिए ।२०५२ सालमा चन्द आफैले व्यक्तिगत रुपमा ६ कोठे भवन निर्माण गरेर क्याम्पसलाइ हस्तान्त्रण गरेका थिए ।
क्याम्पसमा पु¥याएको योगदानको उच्च मुल्याँकन गर्दै दशरथचन्द नगरपालिका वडा नं ६ सिमायल बस्ने शिक्षा प्रेमि, समाजसेवि चन्दको सपरिवारलाइ सम्मान गरिएको उनले बताए । जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्बी राज अवस्थीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा सुदूरपश्चिम विश्व विद्यालयका कार्यकारी परिषदका सदस्य तोय राज भट्ट, पूर्व बाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, पूर्व क्याम्पस व्यवस्थापन समिति अध्यक्ष चतुर बहादुर चन्द, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।