बैतडी- नेपाली काँँग्रेस बैतडीको जिल्ला कार्य समिति बैठक सम्पन्न भएको छ । बैठकले आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ । केन्द्रको परिपत्र बमोजिम स्थानीयतहहरुमा सुक्ष्म अध्यन गरेर आवश्यकता अनुसार नै गठबन्धन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेम चन्दले जानकारी दिए ।
यस्तै बैठकमा १० ओटै पालिकाका सभापतिबाट राय संकलन समेत गरिएको उहाँले बताए । आसन्न स्थानीयतहको निर्वाचानमा के कसरि जाने भन्ने विषयमा छलफल गरेर उनिहरुको राय संकलन गरिएको बताए ।
नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा क्षेत्र नं क र ख का सभापति, १० ओटै पालिकाका सभापति लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८ १८:५९
प्रतिक्रिया दिनुहोस्