Sagun Khabar
बैतडीको सुर्नयालाइ हस्तान्त्रण गरिएको एम्बुलेन्स सञ्चालनमा आएन्

बैतडी-बैतडीको सुर्नया गाउँपालिकालाई हस्तान्त्रण गरिएको एम्बुलेन्स सञ्चालनमा आउन सकेको  छैन् । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश पूर्वाधार विकास कार्यक्रम मार्फत १२ लाख सहयोगमा खरिद गरिएको एम्बुलेन्स पालिकालाई हस्तान्त्रण गरिएको भएपनि अझै नियमित सञ्चालनमा आउन नसकेको हो ।

गाउँपालिकाले सञ्चालनका लागि कार्यविधि र सञ्चालक समिति गठन नगरिदिदा एम्बुलेन्स महिनौ देखि स्वास्थ्यचौकीमै थन्कीएको छ । अहिले सुर्नया गाउँपालिकाको एम्बुलेन्स पालिकाको वडा नं ३ स्थित बाशुलिङ्ग स्वास्थ्यचौकीमा राखिएको छ । बैतडीको क्षेत्र नं क बाट निर्वाचित प्रेम प्रकाश भट्टको पहलमा सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश पूर्वाधार विकास कार्यक्रम मार्फत१२ लाखसहयोगमा खरिद गरिएको एम्बुलेन्स पालिकालाई हस्तान्त्रण गरिएको भएपनि पालिकाले व्यवस्थापन गर्न नसक्दा एम्बुलेन्स स्वास्थ्य चौकीमै थन्कीएको बाशुलिङ्ग स्वास्थ्यचौकीका इन्चार्ज दलबहादुर विष्टले जानकारी दिए ।

Atrya hospital

उनले भने ‘नयाँ एम्बुेलन्स भयो, कागजात केहि छैन्, न पाटेसन भएको छ, न बिमा छ,  गाउँपालिकाले व्यवस्थापन गर्न नसक्दा अहिले एम्बुलेन्स यतै छ, सञ्चालनमा छैन् ।’ गत पुष २९ गते गाउँपालिकाका प्रवक्ता र स्वास्थ्य शाखा प्रमुखलाई एम्बुलेन्स हस्तान्त्रण गरिएको थियो । तर अहिले सम्म गाउँपालिकाले व्यवस्थापन गरेर सञ्चालन गर्न सकेको छैन् ।

हस्तान्त्रणको गरेपछि केहि दिन मापदण्ड निर्माण नगरिकनै एम्बुलेन्सबाट सेवा प्रवाह पनि गरिएको  थियो ।  हस्तान्त्रण पछि सुरुमा इन्धनको पैसा उठाएर नागरिकहरुलाइ सेवा दिने भन्ने कुरा भएर चालकले बिरामि समेत बोकेके थियो । एक दुइ जना बिरामीलाइ सेवा दिइएपनि पछि विना कागजातको गाडी नचलाउने भन्दै चालकले समेत चलाउन छाडेको बताइएको छ । यता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सिँह महराले कार्यविधि निर्माण भएपनि सञ्चालन समिति गठन नहुँदा सञ्चालनमा समस्या भएको बताए । स्वास्थ्य शाखाले कार्यविधि तयार पारे पनि एम्बुलेन्स सञ्चालन समिति गठन नुहँदा भाडादर निर्धारण हुन नसकेको उनले बताए ।

उनले भने ‘बाशुलिङ्गमै राखेर स्वास्थ्य चौकीले नै चलाउने भन्ने कुरा पनि भयो, मैले सञ्चालन निर्देशिका स्वास्थ्य इन्चार्जलाई पठाइदिए, उनिहरुले हामी चलाउदैनौ पालिकाले नै चलाउनु पर्याे भन्यो, यता जनप्रतिनिधि व्यस्तभएर बैठक बस्न सकेको  छैन् बैठक बसेर समिति गठन भएपछि भाडा निर्धारण भएर सञ्चालन हुन्छ ।’ पालिकाका प्रमुख उपप्रमुख कार्यकारी अधिकृत अन्य जनप्रतिनिधि बसेर सञ्चालन समिति गठन गर्नु पर्ने भएपनि अहिले सम्म सञ्चालक समिति गठन नगरिदा एम्बुलेन्स सञ्चालनको विषयमा अन्यौलता छाएको छ ।

४ वर्ष सम्म नागरिकहरुलाई एम्बुलेन्स सेवा उपलब्ध गाराउन नसकेको सुर्नया सरकारले सहयोगार्थ आएको साधनलाई समेत व्यवस्थापन गर्न  नसकेको  सुर्नयाका स्थानीय दशरथ भट्टको गुनासो  छ । पालिकाबाट यसरि सञ्चालनको विषयमा चासो नदिइदा नागरिकहरु एम्बुलेन्स सेवाबाट बञ्चीत भएका छन् । 

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update