बैतडी-बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा लागेको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं २ देहिमाण्डौँ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष चैत्राष्टमीमा लाग्ने बलि सहितको जात्रा लागेको हो ।
चैत्राष्टमीको अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा लागेको जात्रामा सयौँ रांगा बोकाको बलि दिइदै छ । मन्दिरमा हरेक बर्ष रांगा तथा बोकाको बलि हुने गरेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा बलिसहित पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
बलि दिए मनोकामना पूर्ण हुन्छ भन्ने जनविश्वासले देवीदेवताका मन्दिर तथा शक्तिपीठहरुमा बलि सहित पूजाआजा गर्ने चलन रही आएको छ । आज विहानै देखि मन्दिर परिससमा भक्तजनहरुको घुइचो लागको छ । निङ्गलाशैनी भगवती मन्दिरमा दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत पुग्ने गरेका छन् ।