बैतडी-बैतडीको पाटन नगरपालिका वडा नं ९ का विभिन्न टोलहरु सुरक्षित खानेपानीयुक्त घोषणा गरिएका छन् । पाटन नगरपालिकाको आयोजना, युनिसेफ नेपालको सहकार्य र रुडेश बैतडीको प्राविधिक सहयोगमा वडा नं ९का सलमाड, भट्याडी, सल्लेबासा ,र टकरे टोलहरुलाई शनिबार सुरक्षित खानेपानीयुक्त घोषणा गरिका हुन् ।
खानेपानीको शुद्धता मापन गरी यहाँका परिवारले पिउने पानी सुरक्षित भएको प्रमाणित भएपछि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको रुडेश बैतडीका कार्यकारि निर्देशक गोविन्द राज जोशीले जानकारी दिए । सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम अन्तरगत वडाभित्रका सलमाडी खानेपानी भट्याडी खानेपानी सल्लेबासा खानेपानी र टकरे खानेपानी बाट लाभान्वित टोलहरुलाई आज एक कार्यक्रमको आयोजना गरेर सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको उनले बताए ।
युनिसेफ नेपालको सहकार्य, रुडेश बैतडी, पाटन नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएका खानेपानीका चार ओटा योजनाहरुबाट लाभान्बीत टोलहरुमा १४ ओटा सूचक पूरा भएको पाइएकाले सुरक्षित खानेपानीयुक्त घोषणा गरिएका छन् ।
किटाणुरहित पानीभएको ,एक घर एक धाराको अवधारणाको अवस्थाका साथै बालमैत्री, अपाँगमैत्री भएको लगायतका १४ ओटा सूचक पुराभएका टोलहरुलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने गरिएको रुडेश बैतडीका कार्यकारी निर्देशक जोशी बताए । पाटन नगरपालिकाले योजना अनुगमन गरे प्रमाणिकरण गरेपछि शनिबार सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।
कुनै समुदाय सुरक्षित खानेपानी युक्त हुन सुरक्षित खानेपानीको योजना कार्यान्वयन गरेको हुनुपर्ने बताइएको छ ।सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रममा जिल्ला समुन्वय समिति संयोजक शिद्ध राज भट्ट, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्ट, जिल्ला अस्पताल बैतडी अध्यक्ष पार्वती भट्ट, जनप्रतिनिधि , पत्रकार लगायत स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।