बैतडी- नेपाल सरकारको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्म सिँह ऐर ( कपिल)ले निष्पक्ष भएर अव्यवस्थित बसोबासीका समस्या सामाधान गर्ने बताएका छन् । सगुन अनलाइन टिभीको बिशेष कार्यक्रममा बोल्दै उनले यो पार्टी त्यो पार्टीको मान्छे नभनेर निष्पक्ष ढङगबाट काम गर्ने बताएक हुन् ।
यर्थात भूमिहिन सुकुम्बासी, र अव्यवस्थित घर जग्गाहरुलाई व्यवस्थापन तर्फ आफ्नो ध्यान केन्द्रीत हुने भन्दै उहाँले दिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गरेर निष्पक्ष भएर वास्तविक समस्या पहिचान गरेर समस्या समाधा गरिने बताए । अब बैतडीका भूमीहिन नागरिकहरुले न्याय पाउने उनले बताए । बैतडीको समस्या सुदूरपश्चिमै पहिलो नम्बरमा समाधान गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
हिजोको आयोग भन्दा आजको आयोग फरक भएको भन्दै हाम्रो टिमले काम गरेर देखाउने बताए । नेपाल सरकारको राष्ट्रिय भूमी आयोग जिल्ला समितिले पूर्णता पाइसकेको छ । भूमी आयोगमा बैतडी समितिमा अध्यक्ष ऐर सहित ४ जना रहेका छन् । सबैजनाले पदभार ग्रहरण गरिसेका छन् ।
अब आयोगले विगतका आयोगहरुले गरेको कामको बारेमा अध्ययन गर्ने, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या पहिचान गर्ने लगायतका कामहरु गर्ने आयोगले जनाएको छ । यस्तै स्थानीय तहहरुसंग भूमी सम्बन्धि समस्या समाधानका लागि सम्झौता गरेर तथ्यांक संकलनको कामलाई अघि बढाइने बताइएको छ ।