बैतडी-बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिश सिँह धामीले काँग्रेस नेतृलाइ गालि प्रयोग गरेका छन् । गाउँपालिकाको वडा नं ९ घर भएकी काँग्रेस नेतृ लक्ष्मी शाह चन्दलाई अध्यक्ष धामीले अश्लिल शब्द प्रयोग गरेर गालि गरेका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा सिगास गाउँपालिकाको उपाध्यक्ष पदकी आकाँक्षी समेत रहेकी चन्दले अध्यक्ष धामीले आफूलाई फोनबाट अश्लिल शब्द प्रयोग गरेको बताइन् । अध्यक्ष धामीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको छनो्टको विषयलाइ लिएर गालिगरेको बताइएको छ ।
उनले भनिन ‘ एक जना बहिनीले अध्यक्षलाई फोन गरेर लक्ष्मीे चन्दको उपाध्यक्षमा नाम किन सिफारिस भएन भनेर सोधिन, तर उनले मेरो बारेमा नानाथरि कुरा गरेर उल्टै गालिगलौच गरेको छ ।’ अध्यक्षले गालि गरेको अडियो पनि आफू संग सुरक्षीत रहेकोे उनले बताएकी छिन् ।
पारिवारिक जीवनमा असर पर्ने गरि अध्यक्ष धामीले गालि गरेको भन्दै उनले कार्बाहीको माग गरेकी छिन् । पार्टीमा पनि यो कुरा राखेको र पार्टीले अनुशासनको कार्बाही नगरे थप संघर्ष गर्ने उनको भनाइ थियो । यता गाउँपालिकाका अध्यक्ष धामीलाई यो विषयमा बुझ्नका लागि फोन गर्न खोज्दा सम्पर्क हुन सकेको छैन् ।