Sagun Khabar
दलित गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सचिवमा बैतडीका कोलि 
Atrya hospital

बैतडी-बैतडीका रमेश कोलि दलित गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सचिवमा चयन भएका छन् । जिल्लाको पाटन नगरपालिका वडा नं ३ गुजर घरभएका कोलि दाङ जिल्लाको लमहिमा सम्पन्न छैटौँ महाधिवेशनबाट सर्बसम्मत सचिवमा चयन भएका हुन् ।

२६ गते  दाङको लमहिमा सम्पन्न महाधिवेशनले आफुलाई केन्द्रीय  सचिवमा सर्बसम्मत रुपमा चयन गरेको कोलिले बताए । उनका  अनुसार दलितहरुको छाता संगठन दलित गैरसरकारी संस्था महासंघ नेपालको ५३ सदस्यीय समिति गठन भएको छ । सुर्खेतका जसबहादुर विश्वकर्माको  अध्यक्षतामा ५३ सदस्यीय  दलित गैरसरकारी संस्था महासंघ नेपालको  केन्द्रीय समिति गठन भएको बताइएको छ ।दलित गैरसरकारी संस्था महासंघ नेपालले दलितहरुका मुद्धाहरु उठान गरेर उनिहरुको हकअधिकार प्राप्तीका लागि वकालत गर्दै आएको  छ ।  

दलित गैरसरकारी संस्था महासंघ नेपालको समितिले दलितहरुका मुद्धाहरु उठान गरेर उनिहरुको हकअधिकार प्राप्तीका लागि वकालत गर्ने सचिव कोलिले  बताए  । नेपाली  काँग्रेस बैतडीका नेता समेत रहेका कोलि लामो  समय देखि  दलितको  हकअधिकार लागि आवाज उठाउदै  आएका छन् । 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update