बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्रबाट उम्मेद्वारी घोषणा गरेका छन् । आइतबार धामीगाउँमा आमसभाको आयोजना गरेर गाउँपालिका अध्यक्ष पदमा उनले उम्मेद्वारी घोषणा गरेका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले अध्यक्ष पदका लागि उनको नाम सिफारिश नगरेपछि स्वतन्त्रबाट उम्मेद्वारी घोषणा गरेका छन् । उनले डिलाशैनीबासी उपस्थित रेहको बृहत आमसभामा अध्यक्षपदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
जोशी नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सचिव तथा सुदूरपश्चिम अध्यक्ष समेत हुन् ।उनले पार्टीका सबै पदबाट राजीनामा गरेर उम्मेद्वारी दिएका हुन् । घोषणा सभामा बोल्दै उनले समग्र डिलाशैनीको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै उनले आफ्नो टीमका वडा अध्यक्षहरुको उम्मेद्वारी चैत २९ मा घोषणा गर्ने र त्यसपछि सदस्यहरुको पनि उम्मेद्वारी घोषणा गर्ने बताएका छन् ।