Sagun Khabar
दार्चुलामा महाकाली नदीमा डुबेर एक महिलाको मृत्यु 
Atrya hospital

दार्चुला- दार्चुलामा महाकाली नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ। आइतबार महाकाली नगरपालिका–४ स्थित घाटबजारको एक होटलमा काम गर्ने अपिहिमाल गाउँपालिका–४ खात्तिकी २८ वर्षीया दमन्ती धामीले ज्यान गुमाएकी हुन्।

उनले रिङनतालको सिढीबाट महाकाली नदीमा हाम फालेको स्थानीयले देखेका थिए। त्यस लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिब २ किलोमिटर तल महाकाली नगरपालिका–५ नमस्कार मन्दिर क्षेत्रको किनारबाट उनको शव निकालेका हुन्। उक्त विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update