बैतडी- नेकपा एकीकृत समाजवादीले बैतडीमा वडा कमिटिहरुलाई पूर्णता दिइरहेको छ । आसन्न स्थानीयतहको निर्वाचनका लागि जिल्लामा गठन हुन बाँकी रहेका वडाहरुमा अहिले कमिटि गठन संगै जनता संग पनि भेटघाट भइरहेको एकिकृत समाजवादीले जनाएको छ ।
वडा कमिटि विस्तारका कर्ममा आइतबार पाटन नगरपालिका वडा नं ५ मा कमिटि गठन गरिएको छ । वडा नं ५मा बिर सिंह बोहराको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन गरिएको एकीकृत समाजवादी पाटन नगरकमिटि उपाध्यक्ष प्रदिप बोहराले जनाकारी दिए ।
यस्तै उपाध्यक्षमा नरेश टेलर, हरिसिंह ठगुन्ना र सचिवमा लोकेश भट्ट चयन भएका उनले बताए । जनता संग भेटघाट तथा वडा कमिटि गठन कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य माया भट्ट, पार्टीका पोलिट्रिव्युरो सदस्य प्रमान्नद भट्ट, जिल्ला कमिटि अध्यक्ष महादेव भट्टको उपस्थिति थियो ।
वडा कमिटि गठन नभएका ठाउँमा कमिटि गठन संगै जनताहरु संग भेटघाट कार्यक्रम सञ्चालन भएको एस बैतडीका अध्यक्ष महादेव भट्टले बताए । जिल्लाका करिब १० ओटा वडामा कमिटि गठन गर्न बाँकी रहेको जनाउदै अध्यक्ष भट्टले बैशाख २ गते सम्म वडा कमिटि गठन भइसक्ने बताए ।