बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकामा माओवादी केन्द्रले उम्मेद्वार छनोट गर्न थालेको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादीले डिलाशैनी गाउँपालिकाको वडा नं ६ मा नर बहादुर माल (आँशु)लाइ अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
आज बसेको वडा कमिटिको बैठकले माओवादी केन्द्रका सुदूरपशिचम प्रदेश प्रतिनिधि समेत रहेका माललाई सर्बसम्मत वडा अध्यक्ष पदमा उम्मेद्वार बनाउने निर्णय गरेको अनेरास्ववियू क्रान्तिकारी बैतडीका अध्यक्ष गोबिन्द मालले जानकारी दिए । यस्तै वडा सदस्यमा राम नाथलाइ उम्मेद्वार बनाउने निर्णय भएको छ ।
अरु सदस्यको पनि केहि दिनमै टुंगो लाग्ने बताइएको छ । अब गाउँपालिकाका सबै वडामा माओवादीले उम्मेद्वार टुंगो लगाउने अनेरास्ववियू क्रान्तिकारी बैतडी अध्यक्ष मालले बताए ।