Sagun Khabar
बैतडीमा निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर शुरु 

बैतडी –बैतडीमा आजदेखि निशुल्क आँखा उपचार तथा अप्रेशन शिविर सञ्चालन भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजना र गेटा आँखा अस्पताल धनगढीको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको  स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

आज र भोलि जिल्ला अस्पतालमा शिविर सञ्चालन हुनेछ भने वैशाख २ र ३ गते केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा शिविर सञ्चालन हुनेछ ।  

Atrya hospital

यस्तै वैशाख ५ र ६ गते आँखा उपचार केन्द्र पाटनमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवन जोशीले बताए ।

शिविरमा आँखाको निशुल्क उपचारका साथै मोतीविन्दुको शल्यक्रिया गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । आँखामा समस्या भएका नागरिकले शिविरमा आएर सेवा लिन समेत आग्रह गरिएको छ ।

आँखाको समस्या भएका नागरिकलाई स्थानीयस्तरमै सेवा लिन सजिलो होस भनेर शिविरको आयोजना गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update