Sagun Khabar
माओवादीले  पाटन ८मा  वडा अध्यक्षको उम्मेद्वार हरिश बिष्टलाई बनायो 
Atrya hospital

बैतडी- बैतडीको  पाटन  नगरपालिका ८ मा नेकपा माओवादी  केन्द्रले हरिश विष्टलाई उम्मेद्वार बनाउने  निर्णय  गरेको   छ। मंगलबार  खोड्पेमा बसेको  वडा कमिटिको बैठकले माओवादी केन्द्र पाटन नगरकमिटि इन्जार्ज  समेत रहेका विष्टलाई सर्बसम्मत वडा अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

२०७४ सालको निर्वाचनमा  उनी  नेपाली काँग्रेसका पृथ्बी  राज पन्त संग ६३ मतले पराजित भएका थिए । सबै गाउँ टोलका नागरिकहरुको आग्रहमा यसपालि पनि उम्मेद्वारी दिएको  विष्टले  बताए ।

जनताको  साथ रहेको  भन्दै  उनले  जित्ने  दावि गरे । उनले  भने ʻसबै  गाउँ बस्तीका नागरिकहरुले उठ्नु  पर्छ  भन्ने  कुरा गरे, वडा कमिटिले  पनि सर्बसम्मत चयन गर्याे, जनताको  साथ छ जित्छु ।’ सदस्यको भने केहि दिनमै  टुंगो  लाग्ने  उनको भनाई छ । पाटन नगरपालिकाका अन्य  वडाहरुमा पनि उम्मेद्वार हरुको विषयमा छलफल भइरहेकाले  चाँडै  टुंगो लगाउने इन्चार्ज  विष्टले  बताए । 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update